कोरोना र राजनीतिको अन्तरसम्बन्ध

जगदीश दाहाल
१३ वैशाख २०७८ १४:००

अहिले राजनीतिमा कोरोनाको प्रभाव परेको छ र कोरोनामा राजनीतिको प्रभाव परेको छ। कोरोना र राजनीति मिसिनु समय, परिस्थितिको नियति हो वा दुर्भाग्य? विश्वव्पायी रुपमा देखिएको कोरोनाले जनमानसमा भयावह स्थिति उत्पन्न गराएको छ।

यसले विश्वका धेरै मुुलुकको राजनीतिमा प्रभाव पनि पारेको छ। जहाँ एकतन्त्रीय शासन छ, जहाँ सैनिक शासन छ, जहाँ शतप्रतिशत सुशिक्षित जनता छन्, त्यहाँ खासै प्रभाव नपरेको होला।

होइन भने विश्वका धेरैजसो मुलुकमा कोरोना र राजनीतिको संयोग जस्तै गरी एक अर्कामा प्रभाव देखिएको छ। अमेरिकी राष्ट्रपतिको चुनावमै कोरोनाको प्रभाव देखियो। चुनाव भइसकेपछिको अवस्थामा कोरोनाको स्थिति अहिले हेर्दा पहिलेको जस्तो छैन।

तर नेपाल, भारतजस्ता एसियाका मुलुकहरु जहाँ राजनीतिक किचलो छ, त्यहाँ कोरोना वृद्धि भइरहेको छ। कोरोना र राजनीतिको के अन्तरसम्बन्ध हो? यो बुझिनसक्नु घटना मानव समाजका अगाडि आइपर्यो। हाम्रो मुलुकमा कोरोना र राजनीतिको अन्तरसम्बन्ध देखापर्यो।

विदेशीले सरकार हटाइ देला र म खाउँला भनेर तम्सिने धेरै जना देखिए। तर सरकार हटाइदिन खोज्ने विदेशीले पनि संवैधानिक व्यवस्था र प्रक्रिया र औंल्याइदिन र त्यो अनुरुप हिँडाइदिनुपर्यो नि। अब पनि विधानसम्मत रुपमा सरकार हटाउनेतर्फ कुनै दल वा नेतृत्व देखिँदैन।

कोरोना बढे कसैका लागि राजनीतिमा फाइदा हुने, कोरोना घटे कसैका लागि राजनीतिमा फाइदा वा घाटा हुने देखिन थाल्यो। अब मानिसहरुले कोरोनाको आडमा सत्ताधारीले सत्ता लम्ब्याउने टिकाटिप्पणी समेत गर्न थालिसकेका छन्। मानिसहरुले अब सरकारले लकडाउन गर्छ र आफ्नो सत्ता लम्ब्याउँछ भन्न थालिसकेका छन्।

सत्ता लम्ब्याउने नियत होस् वा नहोस् तर मानव जीवनको रक्षाका लागि राज्यले अपनाउनु पर्ने कदम र व्यवस्था नगरी नहुने बेला भइसकेको छ। राज्यले अब कडाइ नगरी नहुने स्थिति आइसकेको छ किनकि अवस्था बिग्रिँदै गयो भने राज्यको स्वास्थ्य प्रणालीले महामारी धान्न नसक्ने अवस्था आउनेछ।

त्यसैले सरकारले अब आवश्यक कदम चाल्ने र आवश्यक व्यवस्थापन गर्नै पर्छ चाहे कसैको सत्ता लम्ब्याउन होस वा सत्ता घटाउन होस्। विगत दुई वर्षदेखि ओलीको सरकार विस्थापन गर्न प्रयास गर्ने राजनीतिक दलले पनि वैधानिक प्रक्रिया अपनाउन सकेनन्।

वैधानिक बाटो नसमाइ सडकमा कराउने, मिडियामा देखाउने र छपाउने मात्रै गरिरहे। यसबाहेक संविधानमा व्यवस्था भए अनुरुप वैधानिक तरिका अपनाएर सरकार गिराउन कहिल्यै प्रयास गरेनन् र अब पनि प्रयास गर्ने छैनन् जस्तो संकेत उनीहरुले नै देखाइरहेका छन्।

यस्तोमा सत्ता लम्ब्याउनकै लागि सरकारले कडाइ गर्यो भनेर आरोप लगाइरहनुको कुनै तुक छैन। सरकार ढलाउन वैधानिक अधिकार प्राप्त व्यक्तिहरुले सरकार ढलाउनेतर्फ विधिवत कदम नचाल्ने अनि सरकारले सत्ता लम्ब्याउन खोज्यो भन्नु भनेको निहुँ खोज्ने कुरा मात्र हुनेछ। महामारीको दर तीब्र रुपमा बढिरहेको छ। यस्तोमा सरकारले आवश्यक कदम चाल्नै पर्छ।

यस काममा सरकारले गर्ने निर्णय राजनैतिक लाभ हानिबाट प्रेरित नहोस् भन्ने मात्रै जनताको चाहना हो। स्वास्थ्य क्षेत्रका विशेषज्ञसहितको विज्ञ समूहको सुझाव अनुसार सरकार अगाडि बढेमा दोष लगाउनेले लगाउँदै गर्छन् तर देशले सही दिशा पाउनेछ। तर, राजनीति प्रेरित नियम लागु भएमा भने मुलुकले क्षति व्यहोर्नुपर्ने पनि हुन सक्छ।

त्यसैले सरकारका हरेक निर्णयमा निहुँ खोज्नु उचित हुँदैन। सरकारको विरोध मात्रै गरेर महामारीबाट बच्न सकिन्न। बहुमतको सरकार सडकबाट र मिडियाबाजीबाट हट्दैन। विरोध गरेर हट्दैन। वैधानिक ढंगले संविधान सम्मत रुपबाट हटाउन खोजियो भने मात्रै सरकार विस्थापित हुने होे।

विदेशीले सरकार हटाइ देला र म खाउँला भनेर तम्सिने धेरै जना देखिए। तर सरकार हटाइदिन खोज्ने विदेशीले पनि संवैधानिक व्यवस्था र प्रक्रिया र औंल्याइदिन र त्यो अनुरुप हिँडाइदिनुपर्यो नि। अब पनि विधानसम्मत रुपमा सरकार हटाउनेतर्फ कुनै दल वा नेतृत्व देखिँदैन।

यदाकदा नेपाली कांग्रेस अविश्वासको प्रस्ताव लिएर सदनमा जान्छ भन्ने हल्लासम्म बजारमा छ। तर गणीतीय र संवैधानिक हिसाबले त्यो सम्भव देखिँदैन। अब त झनै कोरोना महामारीको बढ्दो प्रकोप मानव जीवनको रक्षका लागि सबै एक जुट भएर लाग्नु पर्ने परिस्थिति अगाडि आउँदै छ भने त्यसलाई राजनीतिक उछालमा पारेर मानव जीवनको क्षय हुन दिनु भएन।

त्यसकारण यो सरकार २०७८ साललाई सत्तामा गढमगिने संभावना अगाडि छैन। यो कोभिडको महामारी ओली सरकारको कार्यकाल लम्ब्याउने पुल बन्न सक्ने र राजनीतिक सामिप्य र मेलमिलापका लागि कडी बन्न सक्ने संभावना पनि छ। त्यसैले नकार्न सकिएन, कोभिडको महामारीमा सबैले आफ्ना मनमुटाव बिर्सिन र सबैले मिलेर संकटको सामना गर्न जरुरी भइसकेको छ।

जनता रहे, समाज रहे, राष्ट्र रहे राजनीति रहन्छ । समाज र जनता राजनीतिका लागि अनिवार्य तत्व हुन् । जनता ओलीलाई नै चाहिन्छ। जनता प्रचण्डलाई पनि चाहिन्छ । कांग्रेस, जसपालगायत सबै राजनीतिक पार्टीलाई चाहिन्छ। त्यसकारण जनताको जीवन रक्षाका लागि सबै मिलेर यो महामारीको सामना गर्नुपर्छ। र राजनीतिका लागि धैर्य गर्नु र आगामी चुनाव पर्खिनु नै उत्तम विकल्प हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *