एम्बुलेन्स खरीद गर्ने

डिसी नेपाल
१३ वैशाख २०७८ २१:४७

तनहुँ । व्यास नगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स खरीद गर्ने भएको छ । सोसाइटीले केही महिनादेखि थालेको चन्दा सङ्कलन अभियानअन्तर्गत हालसम्म रु २४ लाख ४० हजार सङ्कलन भएको छ । रु ३० लाख सङ्कलन गर्ने उद्देश्यसहित अभियान थालिएको उपशाखाका अध्यक्ष रामदत्त पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्कलन भएको रकममध्ये रु १७ लाखको एम्बुलेन्स खरीद गरिने र रु १३ लाख सेवा सञ्चालनका लागि राखिनेछ । एम्बुलेन्स खरीद अभियानमा व्यक्ति, टोल विकास संस्था, विभिन्न सङ्घसंस्था, देश तथा विदेशमा रहनुभएका नेपालीको सहयोगले एम्बुलेन्स खरीद गर्ने सपना पूरा भएको अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेलले जानकारी दिए ।

कोभिड–१९ बाट सङ्क्रिमत बिरामीले समयमा नै एम्बुलेन्स सेवा पाउन नसकेको र गाउँका दुरदराजमा छिटो र छरितो रुपमा एम्बुलेन्स सेवा पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए । सो वडाको दुम्सी स्थायी घर भई हाल जापानमा बस्ने रोशन सापकोटाले सङ्कलन गरी पठाएको एक लाख ३१ हजार ६६५ हस्तान्तरण गरिएको छ ।

व्यासनगरपालिकाले रु पाँच लाख सहयोग प्रदान गर्न लागेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *