चराले खानेकुरा टिप्न खोज्दा आफ्नै छायाँलाई ठुँगेको अद्भूत दृश्य क्यामेरामा कैद

डिसी नेपाल
१४ वैशाख २०७८ १७:२६

काठमाडौं। एउटा चराले पानीमा खानेकुरा टिप्ने क्रममा आफ्नै छायावँसँग झुक्किएको अद्भूत दृश्य क्यामेरामा कैद भएको छ । खानेकुरा टिप्ने क्रममा यो चराले सङलो पानीमा आफ्नै प्रतिबिम्ब देखेपछि अल्मलिएको छ । अष्ट्रियाको लेक न्युसिडमा देखिएको यो चराको दृश्य ५७ वर्षका सेमि–व्यवसायिक फोटोग्राफर थोमस हिन्सेले खिचेका हुन् ।

उनले भने ‘मलाई सिमसारको पानी हुने क्षेत्रहरुमा विभिन्न नयाँ कुराहरु खोज्न मन पर्छ किनकि त्यहाँ निकै दुर्लभ प्रजातिका चराहरु भेटिन्छन् । यही क्रममा मैले यो चराको अनौठो क्रियाकलाप देखेको हुँ । त्यहाँ वयस्क चराहरु आफ्ना बच्चाहरुसँग खाना खोज्न आएका थिए । यो चराले साना किरा लगायत आफ्ना खाना खोज्ने क्रममा आफ्नो चुच्चोले आफ्नै छायाँमा ठुँगिरहेको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *