रोमाञ्चक खेलमा बंगलोरको जित

डिसी नेपाल
१४ वैशाख २०७८ २३:३८

काठमाडौं। आईपीएलको मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले जित हात पारेको छ। अहमदाबादमा दिल्ली क्यापिटल्स र बंगलोरबीच भएको खेलमा बेंगलोरल १ रनले जित हात पारेको हो।

अन्तिम ओभरमा दिल्लीलाई १४ रन आवश्यक थियो। उसले रनमात्र बनाउन सक्यो। बेंगलोरले पहिला ब्याटिंग गर्दै ५ विकेटमा १७१ रन बनाएको थियो। जवाफमा दिल्लीले ४ किवेटमा १७० रनमात्र बनाउन सक्यो।

दिल्लीका लाथि शिमरोन हेटमेयरले विस्फोटक ब्याटिंग गर्दै टिमलाई जित नजिक पुर्याए पनि अन्तिम बलमा छक्का आवश्यक पर्दा ऋषभ पन्तले ४ रनमात्र बनाउन सके। हेटमेयरले २५ बलमा ५३ रन बनाए भने स्लो ब्याटिंग गरेका ऋषभ पन्तले ४८ बलमा ५८ रन बनाए।

यसअघि पहिला ब्याटिंग गरेको बेंगलोरका लागि एबी डिभिलियर्सले ४२ बलमा ७५ रन बनाएपछि बेंगलोरले चुनौतीपूर्ण स्कोर बनाएको थियो। जितसँगै बेंगलोर १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्ली ८ अंकसहित दोस्रो नम्बरमा छ। तेस्रो नम्बरमा चेन्नई सुपरकिंग्स छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *