पर्सामा आज एकै दिन १ सय ६९ सङ्क्रमित भेटिए

डिसी नेपाल
१६ वैशाख २०७८ ८:२६

पर्सा । पर्सामा आज एकै दिन १ सय ६९ जना कोरोना सङ्क्रमित फेला परेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा २ सय ८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १ सय ३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १ सय ४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए। यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १ सय ३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *