निषेधाज्ञाको पहिलो दिन सुनसान काठमाडौं (फोटो फिचर)
काठमाडौं। कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएसँगै काठमाडौंका सडक सुनसान देखिएका छन् भने सुरक्षाकर्मीले चेकजाँचलाई कडा बनाएका छन्।

आज विहानैदेखि अत्यावश्यक भन्दा अन्य सेवा बन्द गरिएको छ। विहान तरकारी, खाद्यान्य, फलफूल पसल खुल्ला भएपनि अन्य सेवा भने बन्द छ। सरकारले आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने यसअघि नै निर्णय गरेपछि अधिकांश मानिस काठमाडौं बाहिर गइसकेका छन्।

प्रहरीको तथ्यांक अनुसार बुधबारसम्म करिव पाँच लाख मानिसले काठमाडौं छोडिसकेका छन्।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment