आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

डिसी नेपाल
१७ वैशाख २०७८ १८:३७

रौतहट। अनलाइनमार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका १ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइनमार्फत आईपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले अनलाइनमार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हाल भारतमा आईपीएल चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *