पलाँता अस्पतालमा १५ बेडको सरुवारोग शाखा स्थापना
कालिकोट। कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा रहेको पलाँता अस्पतालले १५ बेटको सरुवारोग शाखा स्थापना गरी शनिबारदेखि सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालमा ११ जना स्वास्थ्यकर्मी र चिकित्सकको निरन्तर निगरानी रहने गरी उक्त सेवा सुचारु गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए।
अस्पतालमा अक्सिजन सहितको ब्यबस्थापन गरिएको अध्यक्ष बमले जानकारी दिए।
आवश्यक परे बजेट थप गर्नेगरी अस्पताल सञ्चालनमा ल्याएको भन्दै उनले भने, ‘उपचारको अभाव महशुस पँलाता बासीले गर्ने छैनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment