एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टोलीको संख्या १४ पुर्‍याउने आईसीसीको तयारी

डिसी नेपाल
१९ वैशाख २०७८ १२:०३

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुने टोलीको संख्या बढाउने तयारीमा रहेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आईसीसीले सहभागी टोलीको संख्या बढाएर १४ पुर्‍याउने बुझिएको छ । तत्काल यो बिषयमा बहस जारी रहेको र आईसीसी निर्देशकले १४ टोली सहभागी गराउनेमा छिटै निर्णय लिने बताईएको छ । यसअघि सन २००३, २०११ र २०१५ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टोली सहभागी गराईएको थियो । दश टोली मात्र सहभागी गराउने हालको फरम्याट बेला बेलमा बिवादित हुदै आएको छ । जसकारण आईसीसीका एसोसीएट राष्ट्रहरु एकदिवसीय विश्वकप खेल्नबाट बन्चित भईरहेका छन । यदि आईसीसीले २०२३ को विश्वकपबाट १४ राष्ट्रहरुलाई सहभागी गराएमा नेपाल लगायत अन्य एसोसीयट राष्ट्रहरुको एकदिवसीय विश्वकप खेल्ने सपना टाढा नरहेको क्रिकेटका जानकारहरु बताउछन ।

पछिल्लो केहि महिना देखी आईसीसी सदस्यहरु राष्ट्रहरुबीच विश्वकपमा १४ राष्ट्रहरुलाई सहभागी गराउने बिषयमा भर्चुअल माध्यमबाट विचार विमर्श भईरहेको छ । केही सदस्य राष्ट्रहरुले अगामी आठ बर्षमा अर्थात सन् २०२३ देखी २०३१ सम्म १४ राष्ट्रहरुले एकदिवसीय विश्वकप क्रिकेट खेल्ने बिषयमा आम सहमती जुटेको पुष्टि गरेका छन । सदस्य राष्ट्रहरुबीच सन २००७ को जस्तै १६ टोलीहरुलाई सहभागीता गराउने बिषयमा चर्चा चलेको थियो तर यो बिषयमा सहमती जुट्न सकेन ।

आईसीसीले १४ टोली सहभागी गराउने बिषयमा अन्तिम निर्णय गर्नुपर्ने देखिन्छ, किनभने उसले मिडिया प्रतिलिपि अधिकार र प्रायोजकहरूको लागि बजारमा जानुपर्ने देखिन्छ । तर विश्वभर चलिरहेको कोरोना महामारीका कारण आईसीसीलाई यो निर्णय लिन कठिन भईरहेको बुझिएको छ । यस्तो अवस्थामा आईसीसीले यो बर्षको अन्त्य सम्ममा आठ बर्षको ब्लू प्रिन्ट तयार गर्ने तरखरमा रहेको छ । साथै सन २०२२ मा सम्ममा मिडिया प्रतिलिपि अधिकार बिक्री हुने आशा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *