कोरोनाको उच्च जोखिममा मुगु

डिसी नेपाल
१९ वैशाख २०७८ २०:०९

मुगु। कोरोनाको रेड जोनमा रहेको बाँके जिल्लासँग हवाई सम्पर्कमा रहेको विकट हिमाली जिल्ला मुगु पनि उच्च जोखिममा रहेको छ।

मुगु जिल्ला कणाली प्रदेशमा परे पनि लुम्विनी प्रदेशमा रहेको नेपालगञ्जको राँझा विमान स्थलबाट मुगुको रारा विमान स्थलसम्म सिधा हवाई उडान हुँदै आएको छ।

यहाँका स्थानियहरु प्रायः बाँकेको विभिन्न ठाँउहरुमा बसोबास गर्दै आएको र उनीहरु गर्मीको बेला घर फर्कने भएकाले मुगु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालहरुले बताएका छन्।

प्रदेश राजधानी सुर्खेत भए पनि मुगु जिल्लाको मुख्य कारोवार र बसाईसराई पनि बाँकेसँग हुदै आएको छ भने स्थलमार्गबाट सवारी साधन र हवाई मार्गबाट समेत सिधै बाँकेसंग मुगु जोडिएको छ।

दैनिक बसबाट स्थानीयहरु आइरहेका र हवाईमार्गबाट समेत देशभरबाट आन्तरिक पर्यटकहरु रारा घुम्न आइरहेकाले पनि मुगुमा जोखिम बढेको हो।

जिल्ला कोरोनाको जोखिममा रह ेपनि सुरक्षाका कुनै पनि उपाय अवलम्बनका लागि यहाँका स्थानीय सरकार र प्रशासनले प्रभावकारी कदम अझै चालेका छैनन।

जिल्ला बाहिरबाट आएकाहरु सिधै घर पुग्ने गरेका छन भने जिल्लामा कोरोना संक्रमण परीक्षणको दायरा बढाउन सकिएको छैन। कोभिड १९ संकट व्यवस्थापन केन्द र स्थानीय तहमा रहेका विपत व्यवस्थापन समितिहरुका बैठक बस्ने ठोस कदम नचालेर संघीय मन्त्रालयका निर्देशन र सुरक्षाका उपाय अपनाउ आग्रह गर्ने मात्र निर्णय हुदै आएका छन्।

हालसम्म जति संक्रमित देखिएका छन् उनीहरु आफै शंका लागेर जिल्ला अस्पतालमा चेकजाच गर्न जादा पत्ता लागेका हुन्।

हप्ता दिनमा भेटिए ९ संक्रमित

कोडिभ १९ संक्रमण दोस्रो लहर चलेर देशभर दिनानु दिन संक्रमितको संख्या बढिरहेका बेला मुगु जिल्लामा दोस्रो पटकको पहिलो परीक्षण गत १३ गते जिल्ला अस्पातालले गरेको थियो। उक्त दिन ३ जानको एन्टिजिन परीक्षणमा पोजेटिभ रिर्पोट आएको थियो। त्यस यता १४ गते १ जना, १८ गते ३ जना र आइतबार २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पशुराम नेपालीले जानकारी दिए।

उनले भने, ‘बाँकेबाट हवाई र स्थलमार्गबाट मानिसहरु जिल्लामा दिनु भित्रिरहेका छन्। हामी कहाँ उनीहरुको स्वास्थ्य परीक्षण र व्यवस्थापनको कुनै व्यवस्था गरिएको छैन। कतै उहाँहरु मध्य कोही संक्रमति भएको भए सिधै समूदाय भित्र भुसमा आगो लागे झै कोरोना फैलने सम्भावना छ।’

साँझ ६ बजेदेखि विहान ६ बजेसम्म बजार बन्द

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढदै जान थालेपछि आइतबार प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारबाट लागु हुने गरी जिल्लामा साँझ ६ बजेदेखि विहान ६ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ।

बजारमा मानिसहरुको भिडभाड बढदै गएको र जिल्ला बाहिरबाट मानिसहरु जिल्लामा भित्रने क्रम बढेकोले कोरोना संक्रमण नफैलियोस भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै बजार क्षेत्र बन्द गर्ने निर्णय भएको प्रजिअ चन्द्र बहादुर शिवाकोटीले बताए।

बैठकले कोभिड १९ को संक्रमण फैलिन नदिन र त्यसको नियन्त्रणका लागी तोकिएका मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न स्थानीय तहस्तरमा प्रमुख प्रशासकीय अधिकृत र यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न जिल्ला ट्राफिक कार्यालयका प्रमुखको संयोजकत्वमा अनुगमन समिती गठन गर्ने, जिल्लामा उपलब्ध एम्वुलेन्सहरु तयारी अवस्थामा राख्ने, स्थानीय तहहरुमा क्वारेन्टिन, आइसोलेसन, कन्ट्रयाक टे्रसिङ्ग जस्ता कार्य गर्न दुर्त कार्य समूह गठन गर्ने, एन्टिजेन र पिसिआर परीक्षणको दायरा स्थानीय सरकारहरुले बढाउने र यस अघिका निर्णय पालना गर्ने निर्णय गरेको पनि प्रजिअ शिवाकोटीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *