पञ्जावमाथि सहज जितसहति दिल्ली अंक तालिकाको शीर्ष स्थानमा

डिसी नेपाल
१९ वैशाख २०७८ २३:१७

काठमाडौं। भारतमा जारी १४ औं संस्करणको आईपीएलमा दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार अहमदाबादमा भएको खेलमा पञ्जाव किंग्समाथि ७ विकेटको सहज जित हात पार्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो।

पञ्जावका कप्तान मयंक अग्रवालले नटआउट ९९ रन बनाएपछि दिल्लीले १६७ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिंग गरेको दिल्लीले ३ विकेट गुमाएर १८ औं ओभरमा लक्ष्य प्राप्त गर्यो। दिल्लीको जितमा शिखर धवनले नटआउट ६९ रन बनाए। धनव जारी लिगमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्।

जितपछि दिल्लीको ८ खेलबाट ६ जितसहित १२ अंक भएको छ। अब उसलाई प्लेअफ लागि बाँकी ६ खेल मध्ये २ खेल जिते पुग्नेछ। अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सको १० अंक छ भने तेस्रो स्थानमा रहेको रोयल च्यालेन्सर्ज बेंगलोरको ७ खेलबाट १० अंक छ।

मुम्बई इण्डियन्स ८ अंकसहित चौथो र ६ अंकसहित राजस्थान पाँचौं र हार व्यहोरेको पञ्जाव पनि ६ अंकसहित छैटौं स्थानमा छ। सातौं स्थानमा कोलकाता नाइट राइडर्स र अन्तिममा सनराइजर्स हैदरवाद छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *