सेनालाई एक हजार बेडको अस्पताल निर्माण गर्न निर्देशन

डिसी नेपाल
२० वैशाख २०७८ १६:२६

काठमाडौं। सरकारले नेपाली सेनालाई एक हजार बेडको अस्पताल निर्माण गर्न निर्देशन दिएको छ। कोरोना महामारीको दोस्रो लहरले मुलुक संकटमा परिरहेका बेला सरकारले काठमाडौंमा एक हजार बेडको अस्पताल निर्माण गर्न भनेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा सेनालाई अस्पताल बनाउन निर्देशन दिइएको जानकारी दिएका छन्।

वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै बेडका भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीको भनाइ छ।

नेपालमा पछिल्ला दिनहरुमा दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन् भने दर्जनौंको संख्यामा मृत्यु भइरहेको छ। कोरोना भाइरसको पहिलो लहरभन्दा दोस्रो लहर निकै भयानक बन्दै गइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *