टि–२० बरियतामा नेपालले सबै एसोसिएट राष्ट्रलाई उछिन्यो, नेपालभन्दा अगाडि टेस्ट राष्ट्र मात्र

डिसी नेपाल
२० वैशाख २०७८ १६:३२

काठमाडौं। नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टि–२० र एकदिवसीय बरियतामा माथि उक्लिएको छ । टि–२० बरियतामा यसअघि १४ औं स्थानमा रहेको नेपाल अहिले १३ स्थानमा उक्लिएको छ । र, एकदिवसीय बरियतामा यसअघि १७ औं स्थानमा रहेको नेपाल १६ औं स्थानमा उक्लिएको छ ।

टि–२० बरियतामा नेपालभन्दा माथि टेस्ट राष्ट्र राष्ट्र मात्र छन् । नेपालले टि–२० राष्ट्रमा सबै एसोसिएट राष्ट्रलाई उछिनेको छ । टि–२० बरियताको शीर्षमा इङल्याण्ड छ । त्यसपछि भारत, न्यूजिल्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेष्ट इण्डिज, जिम्बाब्बे र आयरल्याण्ड छन् । यी सबै टेस्ट मान्यता प्राप्त देश हुन् ।

यस्तै एकदिवसीय बरियताको शीर्षमा न्यूजिल्याण्ड छ । त्यसपछि क्रमशः अस्ट्रेलिया, भारत, इङल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेष्ट इण्डिज, श्रीलंका, अफगानिस्तान, नेदरल्याण्ड, आयरल्याण्ड, जिम्बाब्बे, ओमन, स्कटल्याण्ड, नेपाल, युएइ, नामिबिया, अमेरिका र पपुआ न्यू गिनी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *