आइपिएलमा आज हुनुपर्ने कोलकाता र बैंगलोरको खेल नहुने

डिसी नेपाल
२० वैशाख २०७८ १७:३०

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज हुने तय भएको कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्ज बैंलोरबीचको खेल रद्द भएको छ । आज अहमदाबादमा हुने तय भएको खेल कोलकाताका २ जना खेलाडीहरु कोरोना संक्रमित भएपछि रद्द भएको हो । इएसपिएनक्रिकइन्फोका अनुसार कोलकाताका स्पिनर बरुण चक्रवर्ती र सीम बलर सन्दिप वारियर संक्रमित भएका छन् ।

२०२१ को सिजन सुरु भएपछि आइपिएल टिम बबलभित्र खेलाडी संक्रमित भएको यो पहिलो घटना हो । चक्रवर्ती हालै घाइते काँधको उपचार गराउनको लागि आइपिएल टिमको बायो बबलबाट बाहिर निस्केर अस्पताल गएका थिए । उनी त्यहीँ संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ । चक्रवर्ती र वारियरबाहेक कोलकाताका अरु खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *