कोरोना अपडेटः मृत्यु र संक्रमणमा रेकर्ड, २४ घण्टामा ३७ जनाको मृत्यु

डिसी नेपाल
२० वैशाख २०७८ १७:३७

काठमाडौं । सोमबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार ६५८ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ३८८ जनामा र ५१८ जनाको एन्टीजेन परिक्षण गर्दा ६० जनामा गरी ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३७ जनाको मृत्यु भएको छ ।

थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३६२ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म २१२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २५ लाख २१ हजार १६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *