पूरै आइपिएल प्रतियोगिता नै रोकिने खतरा, बुधबार हुनुपर्ने अर्को खेल पनि स्थगित

डिसी नेपाल
२१ वैशाख २०७८ १२:४३

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता नै स्थगित हुने खतरा बढेको छ । लिगको बुधबार हुनुपर्ने चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ । यसअघि कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच सोमबार राती हुनुपर्ने खेल स्थगित भइसकेको छ । अन्य कैयौं खेलहरु पनि हुने कि नहुने अनिश्चित भएको छ ।

पछिल्लो पटक चेन्र्न सुपरकिंग्सका खेलाडी कोरोना संक्रमित भएपछि चेन्नइका सबै खेलाडीहरु १ हप्ताको क्वारेन्टाइनमा बस्ने भएका छन् । सुपर किंग्सका प्रमुख कार्यकारी के विश्वनाथनले इएसपिएन क्रिकइन्फोसँग कुरा गर्दै आफ्नो टिमका बलिङ कोच लक्ष्मीपति बालाजीसहित २ जना सदस्य कोरोना संक्रमित भएको पुष्टि भएपछि टिम आइसोलेसनमा गएको र यसबारे आइपिएललाई लिखित जानकारी दिइएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *