इण्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
२१ वैशाख २०७८ १३:३१

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको हो । आइपिएल टिमका खेलाडी, कोच, टिमका सदस्य र ग्राउण्ड सदस्य संक्रमित भेटिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो ।

यसअघि लिगको बुधबार हुनुपर्ने चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो । यसअघि कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच सोमबार राती हुनुपर्ने खेल पनि स्थगित भएको थियो । पछिल्लो पटक चेन्र्न सुपरकिंग्सका खेलाडी कोरोना संक्रमित भएपछि चेन्नइका सबै खेलाडीहरु १ हप्ताको क्वारेन्टाइनमा छन् ।

सुपर किंग्सका प्रमुख कार्यकारी के विश्वनाथनले इएसपिएन क्रिकइन्फोसँग कुरा गर्दै आफ्नो टिमका बलिङ कोच लक्ष्मीपति बालाजीसहित २ जना सदस्य कोरोना संक्रमित भएको पुष्टि भएपछि टिम आइसोलेसनमा गएको र यसबारे आइपिएललाई लिखित जानकारी दिइएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *