आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा कुशल

डिसी नेपाल
२२ वैशाख २०७८ १८:२८

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।

कुशल अप्रिल महिनाको प्लेयर अफ दि मन्थ अवार्डका लागि मनोनयनमा परेका हुन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा परेका हुन् ।

नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए । कुशल टी–ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् । अवार्डका लागि कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन् । आईसीसीले समर्थकको भोटका आधारमा विजेता चयन गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *