बैसाख २७ मा माधव नेपाल समूहले के गर्ला ?

डिसी नेपाल
२३ वैशाख २०७८ १६:५२

काठमाडौं। राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेकपा एमाले कानुनी रुपमा फुटिसकेको छैन। तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकलौटी ढङ्गबाट चलाएको आरोप लगाउँदै आएको माधव नेपाल समूह प्रधानमन्त्री ओलीको कदम विरुद्ध असन्तुष्ट हुँदै पार्टीमा समानन्तर कमिटी बिस्तार गर्दै आएको छ। प्रधानमन्त्री ओलीले पार्टीको हितविपरित कार्य गरेको भन्दै नेपालसहित चार जना नेताहरुलाई छ महिनासम्म पार्टीबाट निलम्बन गरेका छन्।

एमाले भित्रको विवाद उत्कर्षमा पुगेको बेला कर्णाली प्रदेशमा (नेपाल खनाल) समूहका ४ सांसदले फ्लोर क्रस गरेपछि विबाद् अझ सतहमा आएको छ। यसैबीच प्रधानमन्त्री ओलीले बैसाख २७ गते विश्वासको मत माग्ने प्रयोजनले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको यो अवस्थामा नेता नेपाल समूहले विश्वासको मत हालेर पार्टी एकताको पक्षमा आफूहरु रहेको सन्देश दिने, या उनी निकट सबै सांसदहरुले सामूहिक राजिननमा देने? या तथस्ट बस्ने ?

यिनै प्रश्न र विकल्पबारे चर्चा भईरहेका बेला बुधबार बिपक्षी गठबन्धनको रुपमा जेठ ६ गते हुँने बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको साझा उमेद्धवारका रुपमा डा.खिमलाल देवकोटालाई बनाउने निर्णय हुँदा माधव कुमार नेपाल समूको पनि समर्थन रहेको छ।

‘अहिले आमरुपमा हामी के गर्छौ? के गर्दै छौ र २७ गते के गर्छन् भनेर सबैको चासो हुनु स्वभाविक विषय हो। तर अहिले हामी यो नै गर्छौ भनेर निष्कर्षमा पुगेका छैनौँ। छलफल र संवादमै छौँ, मलाई लाग्छ प्रधानमन्त्री ओलीजी सच्चिनु नै पर्छ र यो समय अझै छ। हैन भने २७ गते एउटा दम्भको अन्त्य हुन पनि सक्छ’, माधवकुमार नेपाल समूहका सांसद तथा एमाले स्थायी कमिटि सदस्य गोकर्णराज विष्टले डिसी नेपालसँग भने।

नेपाल निकट नै अर्का सांसद बिरोध खतिवडा भन्छन्, ‘प्रधानमन्त्री ओली सच्निने मौका अझै भएकाले उहाँ सच्चिएर आए पार्टीको निर्णय अनुसार हामी बिश्वासको मत हाल्छौँ। नत्र परिस्थति अर्कै बन्न सक्छ। अझै तीन दिन बाँकी छ प्रधानमन्त्री ओलीजी हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ त्यसैले उहाँले पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा पुर्याएर त्यो बिचमा गरेका अबैधानिक निर्णय फिर्ता लिए, हामी विश्वासको मत दिएर पार्टी एकताको सन्देश दिन सक्छौँ।’ नत्र भने विश्वासको मत दिने आधार नरहेको खतिवडाले बताए।

उनले भने, ‘सांसद राजीनामाको कुरामा भने हामीले निर्णय गरेका छैनौँ त्यो विषय हाम्रो प्राथमिकतामा छैन,अझै पनि हाम्रो प्रथमिकता भनेको प्रधानमन्त्री सच्चिउन भन्ने हो। हैन भने हामी जे गर्छौँ बैसाख २७ नै पर्खिनुपर्ने हुन्छ। ओलीजीले हामी भन्दा राम बहादुर थापालाई असली एमाले बनाएर हिँडेपछि उनलाई अझै विश्वासको मत दिएर काँध हाल्ने स्थिति छैन। राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पनि राम बहादुर थापा भन्दा खिमलाल देबकोटा नै एमालेमा त्याग गरेका नेता हुन। त्यसैले एमालेको आधिकारिक उमेद्धवार देबकोटा हुन्।’

माधव कुमार नेपालँंग कति सांसद छन्?

एमालेको जम्मा १२१ सांसद मध्ये अहिले माधव कुमार नेपालसँग कम्तिमा ३० सांसद छन्। प्रत्यक्ष २१ र समानुपातीक ९ गरि ३० सांसद रहेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले ४ सिट खाली हुँदा सभामुख सहित २७१ सांसद सदस्य रहेका छन्। तर मतदानको अधिकार भएका सांसदको संख्या भने २६६ मात्र हो। तर, बहुमतका लागि १३६ चाहिन्छ।

(नेपाल खनाल) समूहका सांसदहरुले राजीनामा दिने पनि चर्चा छ। राजीनामा दिदाँ प्रत्यक्ष २१ सांसदले मात्र दिने चर्चा चलेको छ। यसो हुँदा प्रधानमन्त्री ओली सँग १०० साँसद रहन्छन्। ९ जना समानुपातिक सांसद नेता नेपाल पक्षमा रहेकाले प्रधानमन्त्री ओलीले उनीहरुलाई हटाएर आफु निकट राख्न सक्ने अधिकार भएकाले प्रधानमन्त्री ओलीले बैसाख २७ मा थप ३६ सांसदको मत लिन सक्नुपर्ने हुन्छ।

जसमा ३२ सांसद रहेको जसपाको आधा पक्ष प्रधानमन्त्री ओली पक्षमा मत आए पनि उपेन्द्र यादब समूहको मत आउने सम्भावना छैन। ३ स्वतन्त्र सांसद रहेको प्रतिनिधिसभाको अंकगणितमा प्रधानमन्त्रीेले कति मत पाँउछन्। त्यो बैसाख २७ गतेको अधिबेशनले नै फैसला गर्ला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *