गण्डकी प्रदेशसभामा वैशाख २७ गते अविश्वासको प्रस्तावमाथि मतदान हुने

डिसी नेपाल
२३ वैशाख २०७८ १७:१३

काठमाडौं। गण्डकी प्रदेशसभाको बैठक यही वैशाख २७ गते बस्ने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले २७ गते बैठक बस्ने सहमति जुटाएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही सयमअघि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्तिकालका लागि स्थगित गरेपछि विवाद उत्पन्न भएको थियो।

मतदान हुनुभन्दा ठिकअघि विपक्षीको गठबन्धनमा रहेका जनमोर्चाका सांसद खिमविक्रम शाही रहस्यमयी ढंगबाट बेपत्ता भएपछि जनमोर्चाले आफन सांसदको खोजी गरेरमात्र बैठक सञ्चालन गर्न सभामुख समक्ष निवेदन दिएको थियो। यदि सो दिन मतदान भएको भए विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव असफल हुने निश्चित जस्तै थियो। त्यो दिन सभामुखले विपक्षीलाई सहयोग पुग्नेगरी काम गरेको भन्दै उनको आलोचनासमेत भएको थियो।

अब बैठकको मिति तोकिएकाले सो दिन अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ। जनमोर्चाले विपक्षी कााग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सहयोग गरे गुरुङको सरकार ढल्नेछ। जनमोर्चाले सहयोग नगरे उनको सरकार जोगिनेछ। केन्द्रमा जनमोर्चाले विपक्षीलाई सहयोग गर्ने निर्णय गरे पनि प्रदेशमा जनमोर्चाका सांसद गुरुङकै पक्षमा रहेको आशंका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *