बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

डिसी नेपाल
२३ वैशाख २०७८ २३:२९

बाजुरा। केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । अपराह्न अपराह्न बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो व्यक्त गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *