३६ अर्ब २३ करोडको कृषि बजेट ल्याउने तयारी

डिसी नेपाल
२४ वैशाख २०७८ ६:१८
144
Shares

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो ।

गतवर्ष सरकारले कृषिक्षेत्रको कुल बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट प्राप्त सिलिङका आधारमा यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिक्षेत्रको बजेटको खाका निर्माण गर्दै छ ।

बिहीवार एशोसिएशन अफ एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले आयोजना गरेको ‘कोरोना महामारी र कृषि बजेट’ विषयको भर्चुअल कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा योजना शाखा प्रमुख डा। हरिबहादुर केसीले मन्त्रालयले आगामी आवका लागि ३६ अर्ब २३ करोड रुपैयाँको बजेटको खाका तयार गरिरहेको बताएका हुन् ।

कृषिको कुल बजेटमध्ये करीब २५ प्रतिशत बजेट अर्थात् ११ अर्ब रुपैयाँ रासायनिक मलमा खर्च हुने बताइएको छ । कार्यक्रममा बोल्दै कृषि उत्पादनका लागि रासायनिक मल प्रमुख आवश्यकता भएकाले यसका लागि ठूलो परिमाणमा रकम विनियोजन गर्नुपरेको केसीले बताए ।

कुल बजेटबाट ३ अर्ब २१ करोड रुपैयाँको बजेट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि खर्च हुनेछ भने ३ अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) का लागि खर्च हुने बताइएको छ । यो रकम १ सय ७७ जोन तथा सुपरजोन, २३ पकेट क्षेत्र र १ हजार ब्लकलगायत स्थानका लागि खर्च हुनेछ ।

कृषि विभाग र पशुसेवा विभागका लागि पनि ३ अर्बको बजेट विनियोजन भएको छ । अनुदानका शीर्षकमा कुल १४ अर्ब रुपैयाँको बजेट छुट्ट्याइएकोमा विभिन्न किसिमका कृषि बीमाक्षेत्रतर्पm १ करोड ५० लाख र उखु किसानलाई अनुदानका लागि १ अर्बको बजेट विनियोजन हुने भएको छ ।

स्थानीय र प्रदेश सरकारमा करीब ८ अर्बको बजेट छुट्ट्याइएको छ भने वित्तीय बजेट व्यवस्थापनका लागि १ अर्ब ६० करोड रुपैयाँको बजेट विनियोजन हुनेछ । मन्त्रालयले गरासुधार, प्राविधिक शिक्षालयका लागि पढ्दै सिक्दै योजना अघि बढाउने, आलु, धान, प्याज र रैथाने बाली उत्पादनमा जोड दिने योजना पनि गरेको केसीले बताएका छन् । आर्थिक अभियान दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *