हार बेहोरेपनि म्यान्चेष्टर यूनाइटेड यूरोपा लिग फुटबलको फाइनलमा

डिसी नेपाल
२४ वैशाख २०७८ १२:१३

काठमाडौं । म्यान्चेष्टर यूनाइटेड यूरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यूरोपा लिगको सेमीफाइनल अन्तगर्तको दोस्रो लेगमा रोमासँग हार बेहोरेपनि पहिलो लेगको अग्रताले म्यान्चेष्टर यूनाइटेडलाई फाइनलको यात्रा तय गराएको हो । रोमाले म्यान्चेष्टर यूनाइटेडलाई हराउँदा लगातार सात खेलमा अपराजित यात्रा समेत टुंगियो । पहिलो लेगमा म्यान्चेष्टर यूनाइटेडले रोमामाथि ६–२ को विशाल अन्तरको जित हात पारेको थियो । दोस्रो लेगमा यूनाइटेड २–३ ले हार बेहोर्न पुग्यो । यूनाइटेडका लागि दुबै गोल एडिन्सन काभानीले गरे । पहिलो हाफ सकिन छ मिनेट मात्रै रहँदा काभानीले गोल गर्दै यूनाइटेडलाई सुरुवाती अग्रता दिलाए । तर दोस्रो हाफको सुरुवातमै एडिन जेकोले गोल गर्दै रोमालाई बराबरीको स्थितिमा ल्याए ।

ब्रायन क्रिष्टान्टेले ६३ औं मिनेटमा गोल थप्दा रोमाले २–१ को अग्रता लियो । एडिन्सन काभानीले ६८ औं मिनेटमा गोल थप्दा यूनाइटेडले खेल बराबरीको स्थितिमा ल्यायो । तर इटाली क्लब रोमाले ८३ औं मिनेटमा यूनाइटेडका एलेक्स टेलेसको आफ्नै पोष्टमा गोलबाट ३–२ को जित सुनिश्चित गर्यो । यूरोपा लिगको फाइनलमा म्यान्चेष्टर यूनाइटेडले भिल्लारियलको सामना गर्दैछ । फाइनल खेल २६ मईमा हुनेछ । भिल्लारियलले आर्सनललाई हराउँदै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *