अर्को महिनाबाट डिभिलियर्स अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन सक्ने
काठमाडौं । दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेट खेलाडी एबी डिभिलियर्स अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने बारेमा चर्चा बाहिर आईरहेको हुन्छ । भर्खरै दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक मार्क बाउचरले पनि डिभिलियर्सको फिर्ती बारे संकेत गरेका छन। यसअघि एबी डिभिलियर्सले पनि दक्षिण अफ्रिकाका लागि फेरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इच्छा व्यक्त गरि सकेका छन। बिहीबार दक्षिण अफ्रिकी क्रिकेट निर्देशक ग्रिम स्मिथले डिभिलियर्सको फिर्तीबारे संकेत गर्दै एबी अगामी जुनमा महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन सक्ने विश्वास ब्यक्त गरेका छन ।
ग्रिम स्मिथले बिहीबार दक्षिण अफ्रिकी टोली अर्को महिना वेस्टइन्डीज भ्रमणमा जाने घोषणा गरेका छन । स्मिथका अनुसार वेस्टइन्डीजमा दक्षिण अफ्रिकी टोलीले दुई टेस्ट र ५ टी २० खेलको सिरिज खेल्ने छ । भ्रमणको घोषणासँगै स्मिथले एबी डिभिलियर्सलाई फेरि टी २० सीरीजमा दक्षिण अफ्रिकी जर्सीमा देख्न सकिने संकेत गरे । डिभिलियर्स बाहेक क्रिस मौरिस र इमरान ताहिर पनि टोलीमा फर्कने सम्भावना रहेको छ ।
एबी डिभिलियर्सले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। दक्षिण अफ्रिकाका लागि १५ बर्ष क्रिकेट खेलेका डिभिलियर्सले ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी २० खेल खेलेका छन। डिभिलियर्सको एकदिवसीय र टेस्ट औसत ५० भन्दा बढी थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले आफ्नो ब्याटबाट ४७ सतक प्रहार गरेका छन । डिभिलियर्सले आफ्नो जिवनको ३७ औं वसन्त पार गरि सकेका छन । तरपनि उनको ब्याटिङ गर्ने शैली अहिले सम्म परिवर्तन भएको छैन, उनी अहिले पनि आक्रमक ब्याटिङ गर्ने गर्छन । इन्डियन प्रीमियर लिग (आईपीएल)को हरेक सीजनमा उनले यो कुरा प्रमाणित गरेका छन । डिभिलियर्सले आईपीएलको जारी सिजनमा ५१.७५ को औसतमा ६ इनिंगमा २०७ रन बनाएका छन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment