१२ जना सगरमाथाको चुचुरोमा, कामिरिताले २५ औं पटक आरोहणको रेकर्ड बनाए
काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा शुक्रबार १२ जनाले पाइला टेकेका छन्। कोरोना महामारीपछि पहिलो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो पटक हो। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो पहिलो आरोहणसमेत हो।
१२ जनाको आरोहण दलमा सोलुखुम्बुका कामिरिता शेर्पासमेत छन्। उनी २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। उनी सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। उनीसहित शुक्रबार आरोहण गर्ने सबै १२ जना शेर्पा हुन्।
बसन्त ऋतुको यो पहिलो आरोहणसमेत हो। सरकारले यो पटक आरोहणका लागि ४ सयभन्दा धेरैलाई सगरमाथा आरोहणको अनुमति दिएको छ।
सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment