न्युक्यास्टल युनाइटेडको सानदार जित

डिसी नेपाल
२५ वैशाख २०७८ १९:४५
28
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडले सानदार जित निकालेको छ। शनिबार सम्पन्न खेलमा न्युक्यास्टलले यो सिजन उत्कृष्ट प्रर्दशन गरिरहेको लेसेस्टर सिटिलाई ४ – २ गोल अन्तरले पराजित गरेको हो।

न्युक्यास्टललाई जित दिलाउन क्यालुअम विलियम्सले २ गोल गरे। यस्तै पाउल डम्मेट र जो विलिकले १ -१ गोल गरे।

घरेलु टोली लेसेस्टरका लागि मार्क अल ब्रिहटन र केल्चिले समान १ -१ सान्तवना गोल फर्काए।

यो जितसँगै न्युक्यास्टल अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ। उसको ३५ खेलबाट ३९ अंक छ। पराजित तेस्रो स्थानमा रहेको लेसेस्टरको समान खेलबाट ६३ अंक छ।

आज म्यानचेस्टर सिटीले उपाधिको लागि राती १० १५ बजे चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *