काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी – Dcnepal

काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा अहिलेपनि कायमै छ।

हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

संक्रमणको दर दिनहुँ बढिरहेकोले निषेधाज्ञामा थप कडाइ गरिएको छ । अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म मात्र खोल्नका लागि अनुमति दिइएको छ ।

निषेधाज्ञाका अवधिमा तोकिएका समयमा मात्र खाद्य लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न र अनावश्यक रुपमा हिडडुल र सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ । राजधानी बाहेक देशका विभिन्न सहरी क्षेत्रमा ५०० बढी र पहाडका २०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो