लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न म्युनिखको फराकिलो जित
काठमाडौं। जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि ६–० को फराकिलो जित निकालेको हो।
बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे। यस्तै थोमस मुलर, किङ्स्ले कोम्यान र लोरी सानेले एक एक गोल गरे।
जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ७४ अंक जोडेको छ।
बायर्नले शनिबार नै उपाधि जितिसकेको छ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३–२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो।
मन्छेनग्लाडबाख ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment