नेपाल सुपर लिग : काठमाडौं शीर्ष स्थानमा रहँदै प्ले अफमा

डिसी नेपाल
२६ वैशाख २०७८ २१:५४

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे । खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन् । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गरे।

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरेका हुन् । खेलको ४४ औंँ मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औं मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुके । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *