च्याम्पियन्स लिग फुटबलको फाईनल पोर्टोमा हुने

डिसी नेपाल
३० वैशाख २०७८ १२:५६

काठमाडौं । चेल्सी र म्यान्चेस्टर सिटीबीच हुने च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनल खेल पोर्चुगलको पोर्टोमा हुने भएको छ । खेल हेर्नका लागि पोर्चुगल सरकारले स्टेडियम प्रवेश अनुमति पनि दिएको छ । फाईनल खेल २९ मईका दिन ५० हजार दर्शक क्षमता रहेको ड्रागाओ स्टेडियममा हुने तय भएको छ । खेल हेर्न ईङल्यान्ड फुटबल क्लबका हजारौं समर्थकहरु आउने सम्भावना रहेको छ ।

यसअघि पोर्चुगल सरकारले स्टेडियममा खेल हेर्न आउन दर्शकहरुलाई रोक लगाएको थियो तर अब कोरोना प्रोटोकलमा लचकता अपनाएपछि १० प्रतिशत दर्शकहरुलाई प्रवेश अनुमति दिईएको छ । युएफाले दश हजार भन्दा अधिक दर्शकहरु खेल हेर्न आउने अनुमान गरेको छ । यसअघि यो फाईनल खेल लन्डन स्थित वेम्बले स्टेडियममा हुने तय भएको थियो तर तर प्रसारक र अतिथिहरुले बेलायती अधिकारीहरूबाट क्वारेन्टाइनका लागि राहत पाउन सकेनन्। च्याम्पियन्स लिगको सेमिफाईनलमा चेल्सीले १३ पटकको विजेता स्पेनिश क्लब रियल म्याड्रिडलाई पराजित गरेको थियो ।

यस पटकको फाईनलमा सन् २००८ को च्याम्पियन्स लिग फाईनल खेलेका दुबै टोली पुनः एकआपसमा भिडने भएका छन । चेल्सीले सन् २००८ मा मस्कोमा भएको फाईनल खेलमा म्यान्चेस्टर सिटीसँग पराजित भएको थियो । यसअघि भएको सेमिफाईनल प्रतिस्पर्धामा रियाद महरेजको २ गोलको मद्दतले पेरिस सेज्ट जर्मनलाई पराजित गर्दे म्यान्चेस्टर सिटीले फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *