पुस्तक समीक्षा : …अति धेरै भाव

डिसी नेपाल
१ जेठ २०७८ ६:५९

साहित्यको एउटा स्वछन्द बिधा हो कविता। भावनामा छताछुल्ल पोखिएर केही लेखिन्छ भने, त्यसलाई कविता भन्न सकिन्छ। भावनालाई कोही छन्दमा लेख्छन् भने कोही स्वछन्द तर जे लेखिन्छ, त्यसमा भाव आकृति भने अवश्य हुनुपर्छ। कवि उज्ज्वल राज भट्टराईको पहिलो कविता कृति “अलिकति तरंग,अति धेरै भाव” पनि त्यस्तै भाव आकृतिले भरिएको एउटा सरल कविता संग्रह हो।

संग्रहित अधिकांस कविताहरुले “तिमी” प्रति अगाध प्रेमभाव अभिब्यक्त गर्छन् भने थोरै केही कविताहरुले एकै छिन तरङ्गित पनि बनाउँछन्।

कविताहरु मनमनै पढ्दा लाग्छ कवि आफ्नो प्रेमिकालाई बिछट्टै माया गर्छन्। उनी आफ्नो मायामा समर्पित छन्। त्यसैले कहिले मिलनबिछोडको कुरा लेख्छन त कहिले सपनाको! संग्रहको पहिलो कविताका केही हरफहरु जस्तै :

तिम्रा गुलाफी ओठहरुमा कौतुहलताको कम्पन हेर्न पाउॅं

पहिलो हेराईको हरियो तलाउमा डुब्न पाउॅं

निश्चल नयनका निला आकाशमा उड्न पाउॅं।

कविले शुरुमै आफ्नी प्रेमीलाई अंगालोमा बोलाउँछन्। त्यसपछिका कविताका शीर्षकहरु फरक फरक भए पनि हरेक कविताले उस्तैमायाप्रेमको भाषा बोलेका छन्। कविताहरुमा माया, ढुकढुकी, सम्बन्ध, सपना, मिलन बिछोड र आँखाहरुका कुरा छन्। मायालुसँगको प्रेमालापका वार्ताहरु छन्। प्रेमील कविताहरुको बिचमा आउने केही गीतहरुले संग्रहमा रोमाञ्चकता थपेको छ।

छोटा केटी कविताहरुले भने साच्चिकै तरङ्ग उत्पन्न गर्छ। जस्तै शून्य, आत्मज्ञान,म केवल एउटा पात्र,र मृगतृष्णा लगायतका कविताहरुले एकैछिन सोचमग्न बनाउँछ। कविताले पाठकलाई गर्नु पर्ने नै त्यही हो। कविले संग्रहको अन्तिम “आमा” कवितामा  “ म संसारको सबैभन्दा धनवान भएको भए पनि मलाई जन्माउने आमालाई म के नै दिन सक्थे र” भन्दै यो अप्रत्यक्ष रुपमा उक्त कविता समर्पण गरेका छन्।

त्यसैगरी छोटा केटी कविताहरुले भने साच्चिकै तरङ्ग उत्पन्न गर्छ। जस्तै शून्य, आत्मज्ञान,म केवल एउटा पात्र,र मृगतृष्णा लगायतका कविताहरुले एकैछिन सोचमग्न बनाउँछ। कविताले पाठकलाई गर्नु पर्ने नै त्यही हो। कविले संग्रहको अन्तिम “आमा” कवितामा  “ म संसारको सबैभन्दा धनवान भएको भए पनि मलाई जन्माउने आमालाई म के नै दिन सक्थे र” भन्दै यो अप्रत्यक्ष रुपमा उक्त कविता समर्पण गरेका छन्।

कविताको शीर्षकले बोले झै कविताहरुमा “अलिकति तरङ्ग र अति धेरै भाव” पोखिएको छ। अमेरिकामा आफ्नो दैनिकी अर्कै तरङ्गमा पौडिरहेको हुन्छ। त्यही तरङ्ग र ब्यस्ततामा छरपष्ट भएर रहेका आफ्नो भावनालाई पुस्तकको रुपमा निकाल्नु निकै स्वागत योग्य काम हो। यसै पुस्तक सँगसँगै अमेरिकामा रहेका नेपाली साहित्य अनुरागीहरुको सुचीमा उज्ज्वल राज भट्टराईको नाम पनि “उज्ज्वल” भएर थपिएको छ।

यदि तपाईँको हातमा यो कविता संग्रह पर्यो भने किताबको कुनै पनि कविता पल्टाएर आफ्नी प्रेमिकालाई सुनाउनु भयो भने सम्बन्धमा “अलिकति तरङ्ग, अति धेरै भाव” अवश्य पनि झल्किने छ।

पुस्तकको आबरण साहित्यकार/कलाकार रमेश पौडेलले तयार पार्नु भएको हो भने यसको प्रकाशक सुनीता ढुङ्गाना हुनुहुन्छ। कवि उज्ज्वल राज भट्टराई फुर्सदमा कविता सँगै Save One Life नामको गैर सरकारी संस्थामार्फत नेपालका बालबालिकाहरुलाई पढाउने, लेखाउने आदि काममा सहयोग पुर्याउँदै आउनु भएको छ। पुस्तकको मुल्य $१० छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *