कविता: आमालाई सम्मान

डिसी नेपाल
१ जेठ २०७८ ८:४०
120
Shares

बिहान ढिलो उठ्दा नरिसाई अझ दिने मायालु स्पर्श आमाको
लुगा फाट्दा पुरानो हुँदा किनी दिन्थ्यौ अत्ति महत्व थ्यो जामाको
केही दिन आमा अन्तैतिर जाँदा कति शून्य हुन्थ्यो घर
सवै सन्तान वरावरी दिन्थ्यौ माया कसैलाई सोचिनौ पर।

मेलापात सबै सकेर आमा आउथ्यौ तिमी घर साँझमा
ठूलो परिवार दिक्क नभै हुन्थ्यौ खुशी सन्तति माझमा
आफ्नो दुख लुकाएर चिन्तित हुन्थ्यौ अरूको पिरमर्कामा
परिवारलाई सुन्दर बनाउन हसाउँथ्यौ सधैँ एकअर्कामा।

पाउना पाछा, छरछिमेक तिमी नै ख्याल गर्थ्यौ वरिपरिको
दुखविराम सारोगाह्रो अवस्था त्यो घाम होसू कि झरीको
सहयोगी मनमा सबै थिए नगिचै ठानिनौ कोही टाढाको
सन्तान सबै सुखी र स्वस्थ होऊन् चिन्ता थियो साराको।

एघार सन्तान जन्मायौ आमा अझै छ मुहार उज्यालो
आशिर्वाद देऊ बालेर बस्न सकौँला उन्नतिको दियालो
मुख हेर्ने दिन तिमीलाई हाम्रो छ कोटिकोटि नमस्कार
गर है माया आशीष देऊ सधैँ बढाई हे आमा पियार।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *