एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित पक्राउ

डिसी नेपाल
३ जेठ २०७८ १७:२२
152
Shares

कञ्चनपुर। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव ६ ग्राम ८ सय २० मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको पुनर्वास नगरपालिका ११ बस्ने १९ वर्षीयसुरज चौधरी छन्। भारतबाट से ३ प २५६२ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो।

त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ। पक्राउ परेका निज चौधरीलाई बरामद खैरो हेरोईन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *