रौतहटमा कैदीबन्दीसँगको भेटघाट बन्द

डिसी नेपाल
३ जेठ २०७८ १८:२०

वीरगञ्ज । कोरोना सङक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । सङ्क्रमण फैलिने जोखिमलाई ख्याल गर्दै भेटभाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

जेलर शम्भुप्रसाद यादवले जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धिभएकाले कैदी बन्दीसँगका भेटघाट बन्द गरिएको जानकारी दिए । कारागारमा हाल १४ महिला सहित ३६७ बन्दी छन् । वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए । कारागारमा महिला पुरुष गरी १ हजार २ सय ६८ बन्दी छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *