कतार र ग्वान्जाउका लागि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं। सरकारले कोरोना महामारीका कारण स्थगित गरिएको अन्तर्राष्ट्रिय उडानलाई खुकुलो बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउका लागि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।
यी दुई मुलुकमा हप्तामा एक उडान गर्नेगरी अन्तर्राष्ट्रिय उडानमा खुकुलो गरिएको हो। यसअघि सरकारले भारत बाहेकका मुलुकमा अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाएको थियो। हवाई उडान बबलअनुसार भारतमा हप्तामा दुई वटा उडानहरु भइरहेका छन्।
तर, उद्धार उडानका लागि भने सरकारले यसअघि पनि उडान खुला नै राखेको थियो। देशमा कोरोना महामारी बढेपछि हवाई उडानमाथि प्रतिबन्ध लगाइएको हो। हाल घरेलु उडानमाथि भने पूर्ण प्रतिबन्ध छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment