पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने

डिसी नेपाल
७ जेठ २०७८ २०:१४

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ ।

युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो ।

पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ । पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।

फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो । पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।

कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो । युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्तै टिमका खेलाडीहरु ३ होटलमा बस्नु पर्नेछ । एक होटलमा दुई टिम रहने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *