सेभ द चिल्ड्रेनले दियो कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य समाग्री

डिसी नेपाल
८ जेठ २०७८ ७:१५
60
Shares

सर्खेत। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आइएनजिओ संस्था सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरेको छ।

संस्थाले शुक्रबार प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री महेन्द्रबहादुर शाहीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।
संस्थाले १३ सय थान पिपिइइ सेट, १७५० थान भिटिएम, ६ हजार थान सर्जिकल मास्क, लगायतका सामाग्रिहरु सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले हस्तान्तरण गरेका हुन्।

सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला सबैको सहयोगको खाँचो भएको बताएका छन्। ‘संकट भएको बेला यो भन्दा अगाडि पनि विभिन्न सहयोगी सस्थाहरुले सहयोग गर्दै आइरहेको र यो भन्दा पछि पनि सहयोगको खाचो छ मुख्यमन्त्री शाहीले भने।’

संस्थाले कर्णालीका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई सहयोग गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *