डाेल्पामा जङ्गल जोगाउन ग्यास वितरण

डिसी नेपाल
८ जेठ २०७८ ८:४६

जाजरकोट । दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ। दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए।

सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ। सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताए। उनले रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिए। वनजङ्गल संरक्षण तथा धुवाँधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएकाे छ।

अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुश्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ। ग्यास सिलिण्डर नेपालगञ्जबाट खरिद गरी जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो। दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो। प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ। दुई हजार सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *