आइतबार १३१ भन्दा बढीले गरे सगरमाथाको आरोहण
फाइल तस्वीर
काठमाडौं। सगरमाथा एकैदिनमा एक सय ३१ जनाभन्दा बढीले सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार मौसममा सुधार भएसँगै आइतबारको दिन एक सय ३१ भन्दा बढी आरोहीहरु सगरमाथाको चुचुरोमा पुगेका हुन्।
त्यस्तै, एजेन्सीहरुले पर्यटन विभागलाई दिएको जानकारी अनुसार बियुलका २२, सातोरीका ७, हिमालयन गाइटका ३८, पाइनरका १४, ह्यापी फिट्का ३, समिट क्लबका १५, ग्याएसर हिमालय एसेटका ११, हिमालय यज्सेन्टका ११, ट्याग नेपालका ७, सेभेन समिट ट्रेक्सका ३ जनाले सफल आरोहण गरेका हुन्।
त्यस्तै, आजै(आइतबार) ल्होत्से हिमाल(८५१६ मिटर) तीन भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले आफ्नो फेस्बुक पेज मार्फत जानकारी गराएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment