नेपाली फुटबल टिम इराकमा (फोटोफिचर)
काठमाडौं। इराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम बुधबार इराक पुगेको छ। मे २९ मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम इराक पुगेको हो। अखिल नेपाल फुटबत्रल संघ (एन्फा)का अनुसार नेपाली टिम बुधबार इराक पुगेर टिम होटलमा पुगिसकेको छ। एन्फाले नेपाली टिम होटल पुगेको तस्वीहरु सार्वजनिक गरेको छ।
नेपाली टिम मंगलबार कतार एयरको विमानमार्फत इराकतर्फ लागेको थियो। विश्वमा कोरोना महामारीको प्रकोप रहेकाले खेलाडीहरुले विशेष सुरक्षामा रहनेछन्।

















तस्वीरहरुः एन्फा
नेपाली टिम यसप्रकार रहेको छः
गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
No ads found for this position

डिसी नेपाल
Facebook Comment