चीन, टर्की र कतारका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय

डिसी नेपाल
१३ जेठ २०७८ २३:३०
1.4k
Shares

काठमाडौं। सरकारले विभिन्न तीन वटा देशका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन, टर्की र कतारका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार टर्कीको इस्तानबुल, कतारको दोहा र चीनको कुनै पनि सहरका लागि हप्तामा एक उडान गर्ने गरी अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय भएको हो। यो निर्णय जेठ १८ गतेबाट लागू हुनेछ।

यसअघि कोरोना महामारी बढेपछि सरकारले वैशाख २० गतेबाट भारतबाहेकका मुलुकका लागि अन्तर्राष्ट्रिय उडानमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो। तर, चार्टड उडान भने उडान भने जारी राखिएको थियो। चार्टड उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारको आलोचना भएपछि सरकारले विस्तारै अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने नीति लिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *