माउन्टेन शेर्पा फाउन्डेसनद्वारा पर्यटन मजदुरलाई खाद्यान्न वितरण

डिसी नेपाल
१४ जेठ २०७८ १४:४५
116
Shares

काठमाडौं । निषेधाज्ञाका कारण समस्यामा परेका पर्यटन मजदुरलाई माउन्टेन शेर्पा फाउन्डेसनले सहयोग गरेको छ । फाउन्डेसनले बुद्ध जयन्तीको अवसर पारेर राजधानीको कपन खरिबोटमा पर्यटन क्षेत्रमा कार्यरत ४ सय ५० जना शेर्पा ट्रेकिङ गाइड, पोर्टर र क्लाइम्बिङ गाइडहरुलाई खाद्यान्न राहत प्याकेज वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष एवं समाजसेवी पासाङ शेर्पा पिनासाले निषेधाज्ञासँगै पर्यटन क्षेत्रमा कार्यरत शेर्पा गाईड र पोर्टरहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए।

पर्यटन क्षेत्रमै मजदुरी गरेर जिविका निर्वाह गर्ने श्रमिकहरुलाई सरकारबाट कुनै राहतको व्यवस्था नभएको हुनाले आफ्नो समुदायको लागि आफैले केही गर्नुपर्छ भन्ने सोचले एकदेखि डेढ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेको उनले बताए ।

उनका अनुसार हरेक मजदुरलाई एक बोरा चामल, ५ किलो दाल, ५ किलो आँटा, २ लिटर खाने तेल र १ किलो नुन वितरण गरिएको छ ।
राहत पाएपछि मजदुरहरुको मुहारमा छाएको खुसीले थप सन्तुष्टि र उर्जा प्रधान गरेको अध्यक्ष शेर्पाले बताए ।

माउन्टेन शेर्पा फाउन्डेसनलाई अमेरिकामा रहेको शेर्पा सपोर्ट फाउन्डेसनको प्रमुख सहयोग रहेको छ । साथै, समर्थन टिमहरुमा टुक्टी शेर्पा, निमा शेर्पा र सोनाम शेर्पा रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *