१४ हजार पीसीआर परीक्षणमा ४ हजार ३११ जनामा संक्रमण, ६ हजार ८० जना निको

डिसी नेपाल
१५ जेठ २०७८ १६:३७
1.1k
Shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । १४ हजार ६ पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ एन्टिजेन परीक्षणमा १७६ जना गरी पछिल्लो २४ घण्टामा ४ हजार ४८७नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *