नेपाल भर्सेस इराकः पहिलो हाफमा आधा दर्जन गोल, नेपाल पछाडि Live
काठमाडौं। इराकको बर्सामा जारी नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा दुबे टिमबाट आधा दर्जन गोल भएका छन्। पहिलो हाफ सकिँदा घरेलु टिम इराकले नेपालमाथि अग्रता बनाएको छ। इराक ४–२ ले अगाडि छ।
नेपालका लागि डेब्यु गरेका मनिस डाँगीले एक गोल गरे भने नेपालले अर्को गोल आत्मघाति गोलका रुपमा उपहार पाएको थियो। इराकले नेपाली पोस्टमा ४ गोल गरेको छ। खेलमा इराकको पकड बलियो देखियो। नेपालले इराकको पोस्टमा चार्ज नै गर्न सकेको छैन भने इराकले लगातार चार्ज गरिरहेको छ। बल पनि धेरैजसो इराकी खेलाडीकै नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment