इराक भर्सेस नेपालः दोस्रो हाफको खेल शुरु Live

डिसी नेपाल
१५ जेठ २०७८ २३:२३
780
Shares

काठमाडौं। इराकको बर्सामा जारी नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबलको दोस्रो हाफको खेल शुरु भएको छ। खेलको पहिलो हाफमा दुबै टिमबाट आधा दर्जन गोल भएका छन्। पहिलो हाफ सकिँदा घरेलु टिम इराकले नेपालमाथि अग्रता बनाएको छ। इराक ४–२ ले अगाडि छ।

नेपालका लागि डेब्यु गरेका मनिस डाँगीले एक गोल गरे भने नेपालले अर्को गोल आत्मघाति गोलका रुपमा उपहार पाएको थियो। इराकले नेपाली पोस्टमा ४ गोल गरेको छ। खेलमा इराकको पकड बलियो देखियो। नेपालले इराकको पोस्टमा चार्ज नै गर्न सकेको छैन भने इराकले लगातार चार्ज गरिरहेको छ। बल पनि धेरैजसो इराकी खेलाडीकै नियन्त्रणमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *