इराक भर्सेस नेपालः नेपालको पोस्टमा इराकको आधा दर्जन गोल

डिसी नेपाल
१६ जेठ २०७८ ०:११
7.4k
Shares

काठमाडौं। नेपाल घरेलु टिम इराकसँगको मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएको छ। इराकको बर्सामा शनिबार राति भएको खेलमा नेपाल २–६ गोल अन्तरले पराजित भयो। नेपालका लागि एकमात्र गोल नेपालका लागि डेब्यु गरेका मनिस डाँगीले गरेका थिए। अन्य एक गोल नेपालले आत्मघाति गोलका रुपमा उपहार पाएको थियो।

खेलको पहिलो हाफमै दुबैतर्फबाट गरेर ६ गोल भएका थिए। पलिहो हाफमा नेपाल २–६ ले पछाडि परेको थियो। नेपालले पहिलो गोल खेलको ६ औं मिनेटमा खान पुगेको थियो। ८ औं मिनेटमा इराकी खेलाडीले आत्मघाति गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो।

खेलको ३० औं मिनेटमा नेपालका डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर, सो अग्रता केही मिनेटमात्र टिक्न सक्यो। खेलको ४० औं मिनेटसम्म आइपुग्दा इराकले थप दुई गोल गर्दा अग्रता बनायो।

दोस्रो हाफमा पनि इराकले थप दुई गोल गर्दै ६–२ गोल अन्तरको जित निकाल्यो।

इराकी खेलाडीभन्दा नेपाली खेलाडीको कद निकै सानो थियो जसले इराकी खेलाडीलाई फाइदा हुन पुगेको थियो। खेलमा इराकले लगातार नेपाली पोस्टमा आक्रमण गर्दा नेपाली खेलाडीले भने इराकी पोस्टमा आक्रमण नै गर्न सकेनन्।

बल धेरैसजो इराकी खेलाडीकै नियन्त्रणमा रहेको थियो। फिफा वरियतामा नेपाल १७१ औं स्थानमा छ भने इराक ६८ औं स्थानमा छ। इराक नेपालभन्दा हरेक क्षेत्रमा अब्बल देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *