कुवेतमा पसिना बगाउँदै नेपाली फुटबल टिम (फोटोफिचर)

डिसी नेपाल
१७ जेठ २०७८ १५:४०
1.1k
Shares

काठमाडौं। फिफा विश्वकप फुटबलको छनौट खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु यतिबेला कुवेतको जिममा पसिना बगाइरहेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार जिममा खेलाडीहरुले कसरत गरिरहेको तस्वीरहरु सार्वजनिक गरेको छ।

जुन ३, ७ र ११ मा नेपालले चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्ने छ। हालसम्म नेपालले छनौट खेलमा चाइनिज ताइपेइलाई पहिलो लेगमा पराजित गरेको छ। समूहका नेपाल चौथो स्थानमा छ। अब उसले बाँकी तीन खेल खेल्नुपर्ने छ। तर नेपालको विश्वकप यात्रा भने लगभग टुंगिसकेको छ।

गत शनिबार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको थियो। कुवेत पुगेपछि गरिएको कोरोना परीक्षणमा नेपाली टिमका सबै खेलाडी र अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो।

तस्वीरहरुः एन्फा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *