विश्वकप खेल्ने टिमको संख्या बढ्यो

डिसी नेपाल
१८ जेठ २०७८ २३:११

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको हो भने टी(ट्वान्टी विश्वकप खेल्ने टिमको संख्या बढाएर २० बनाईएको छ ।

आईसीसीले २०२७ र २०३१ को एक दिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस अघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।

यस्तै २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आईसीसीले जनाएको छ । अहिले टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् ।

सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी(ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ । त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *