टी–ट्वान्टी विश्वकप युएईमा सार्ने आईसीसीको तयारी

डिसी नेपाल
१९ जेठ २०७८ २१:०६

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएईमा सर्न सक्ने सम्भावना बढेको छ ।

क्रिकइन्फोका अनुसार अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप युएई सार्ने योजना बनाईरहेको छ । भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको कारण आईसीसीले विश्वकप युएईमा सार्ने तयारी गरेको हो ।

यस्तै आईसीसीले सह–आयोजकको रुपमा कुवेतलाई प्राथमिकतामा राखेको जनाएको छ । आईसीसीले भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईलाई जुन २८ सम्म विश्वकपबारे निर्णय गर्न समय दिएको समेत बताइएको छ । बीसीसीआई पनि प्लान बी अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको क्रिकइन्फोले उल्लेख गरेको छ ।

२०२१ मा आयोजना हुने विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुने तालिका रहेको छ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *