बार्सिलोनाले भित्र्यायो ब्राजिलियन खेलाडी
काठमाडौं । ब्राजिलियन डिफेन्डर इमर्सन रोयल स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले स्पेनिस क्लब रियल बेटिसबाट डिफेन्डर इमर्सनलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले इमर्सनलाई ९ मिलियन युरोमा क्लब भित्र्याएको हो । राइट ब्याक इमर्सनले बार्सिलोनासँग २०२४ सम्मको सम्झौता गरेका छन् । २२ वर्षीय डिफेन्डरले यस सिजन ला लिगामा ३४ खेलमा १ गोल गरेका थिए । उनी ब्राजिलको राष्ट्रिय टिममा समेत रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment